एक पटक बाबा सँगै टाँगिएकाे तस्बिरमा आमाकाे अनुहार हेरेँ मन भित्रकाे पीडा आखामा उर्लेर आयाे ।
गएकाे साउनसम्म त बाँच्न पाउने अधिकार गुमाएर छातिमा कमरेडहरुकाे गाेलिले मृत्युवरण गर्नु भएका बाबाकाे मात्र फाेटाे थियाे । तर याे वर्ष त द्वन्द्वले पति गुमाएर सधै त्यहि पिडाले गुमसुम रहने मेरी साेझि आमाकाे फाेटाे पनिसँगै टाँगिएको छ ।
मुलुकभरि ७३ औं मानवअधिकार दिवस मनाई रहँदा द्वन्द्वका पिडाभित्र बाँच्ने म जस्ता हजारौं टुहुराहरु मात्र आँशुका आहालमा डुबेका छन ।
२०६० साल कार्तिक ९ गते विहान ६ बजे भयानक द्वन्द्वकाे भयानक आँधि बनेर मेराे बाबा माथि बज्रियाे । सामान्य जीवन यापन गरिरहेका भाेजराज ज्ञवालीकाे रगत नवलपरासीकाे सुनवलमा यसरी बग्याे कि अझै पनि हाम्रो परिवार सुनवल पुग्दा बाबाकाे रगतकाे गन्ध हामीमा ठाेक्किन आईपुग्छ ।
यी अठार वर्ष करिव द्वन्द्वकाे पिडाकाे डिप्रेसनमा हाम्राे परिवार बाँच्दै थियाे ।
यसै बिचमा साउन रुरु १ च्यूरेक कि बहत्तर वर्षकी द्वन्द्वपिडीत मेरी आमाकाे आमाकाे निधले म माथि ठुलाे पहाड खस्याे र टाके टुहुराे बन्न विवश भएँ ।
सधै घर बाहिर बेन्चमा बसेर एकाेहाेरिने आमा यमकला ज्ञवालीलाई साउन पाँच गते दैवले चुँडेर लगेकाे छ । मात्र आमा यमकला ज्ञवाली सम्झना मात्र रहनुभयाे ।
द्वन्द्वपिडित आमा यमकला ज्ञवालीलाई सधै आफ्नाे भत्केकाे गाेठ र जिर्ण घर हेरेर टाेलाउनुहुन्थ्याे । आफ्ना पतिले माओवादीकाे गाेलि लागेर मृत्युवरण गरेपछि पिडीत आमा भन्नु हुन्थ्याे - ""खाेइ किन मारेका हुन सानाे टँकिमा चिया बेच्ने त्यसैकाे आम्दानिले आफ्नाे परिवार पाल्ने कहिल्यै राजनिती गरेकाे पनि जानिन । कसैलाइ केही भनेकाे पनि सुनिन । त्यस्ताे साेझाे मान्छेलाई किन मारेका हुन । त्यस्तालाई कहिल्यै राम्राे नहाेस हामी त दुखि छौँ नै । तिनीहरुलाइ कहिल्यै सुख नहाेस ।" पछ्यौरिले आँशु पुछ्दै बृद्द आमा यमकला सुँक्सुयाइ रहेकाे सम्झँदा मन गरुँगाे हुन्छ ।
रुरु १ थाेर्गा स्यालपाेखरी नजिकैकाे घरमा हिँजो आमा यमकला पति वियाेगमा टाेलाउनु हुन्थ्याे, आज म बाबासँगै आमाकाे यादमा टाेलाउने गरेकाे छु ।
करिव बत्तिस वर्ष भारतमा सामान्य राेजि राेटि गरेर वसेका रुरुक्षेत्र गाउँ पालिका १ का भाेजराज ज्ञवाली आफ्नाे देश फर्केपछि पनि जीवन यापनका लागि नवलपरासीको सुनवलमा सानाे काठकाे टँकीमा चिया पकाएर जिविका चलाउँथे तर त्यहि चियाकाे टँकी भाेजराज ज्ञवालीकाे मृत्युको कारण बन्याे । २०६० साल कार्तिक नौ गते बिहान त्यहि गणतन्त्र नौलाे जनवाद र सायद साम्यवाद ल्याउन उठाइएका उन्मदी बन्दुककाे शिकार भाेजराज बने । उनकाे छाति गाेलीले छेँडियाे र उनकाे परिवारमा अहिलेसम्म त्यहि पिडाले सबैकाे मन छेँडिएकाे छ ।
गणतन्त्र आएका १३ वर्ष वित्दै गर्दा तिनै गणतन्त्र वादिहरुले सत्ताकाे स्वाद यति मज्जाले चाखेकि आलिशान महलहरु गणतन्त्रको जगमा टेकेर ठडिएका छन । तर यमकला ज्ञवाली त्यहि जिर्ण घरकाे दैलाे कुरेर र भत्केकाे गाेठ हेरेर जीवन त्याग गर्नुभयाे ।
घरमुनिबाट मन्त्रीहरुका गाडि धुलाे उडाउँदै कति पटक दगुरे । पिडाका यी वर्षहरुमा कति नेताले भाेट मागे तर उनकाे पिडामा मलम कसैले लगाएन ।
बैशाखकाे चर्काे घाम भनिन, मँसिरकाे चिसाे सिरेटाे नभनेर कति पटक भाेट दिएँ तर कसलाई दिएर के भाे ? अब त म भाेट दिन कहिल्यै जान्न आमा यमकला भन्नुहुन्थ्याे । र अब त कहिल्यै भाेट दिन जान नपर्ने भयाे आमा हजुरलाई ।
"केही दिन नसके पनि मन बुझाउन बाेली त दिन सकिन्छ । तर बाेली दिँदा पनि पैसा लाग्ला झैँ गर्छन नेता भन्नेहरु" - आमा यमकलाकाे पीडा वाेल्थ्याे ।
दुखिका घरमा मात्र दूख आउँछ अरु त काेहि आउने आमा यमकला निराश देखिनु हुन्थ्याे ।
जीवनका सात दशक पूरा गरेकी यी आमाका लागि आँशु नियति बनी रह्याे । गज्जबकाे कुरा त यतिका वर्ष सम्म पीडा खाेज्न कुनै पत्रकार पनि हाम्राे आँगनकाे पुगेन । गणतन्त्रले १३ वर्ष पूरा गरिसक्दा राजनितीक लुछाचुँडिकाे खेलमा गाउँघरका द्वन्द्व पिडीत आमा यमकला ज्ञवालीका घरमा राज्यको नजरमा पर्ने कुरै भएन ।
यदि जनताका लागि गणतन्त्र आएकाे भए यमकलाहरुका दुखेका मनहरुमा मलम लाग्नुपर्थ्याे । तर गणतन्त्र जनताका लागि हाेइन नेताका लागि मात्र भएकाे अनुभुति यमकलाजस्ता आमाहरुले गरे ।
आमाकाे निधनले म यतिवेला विछिप्त छु । हरेक दिन दैलामा टाँगिएकाे आमा र बाबाकाे फाेटाे हेरेर बलिन्द्र धारा आँशु झार्नु मेराे नियति हाे । आमाकाे मातृत्व बिना मलाई पनि बाँच्न गाह्रो भाे मन बुझाउन सकेकाे छैन ।
रुरु १ थाेर्गा स्यालपाेखरी नजिकैकाे घरमा हिँजो अामा यमकला पति वियाेगमा टाेलाउनु हुन्थ्याे, अाज म बाबासँगै अामाकाे यादमा टाेलाउने गरेकाे छु ।
(द्वन्द्वपीडित पत्रकार अन्जान setomaso.com का कार्यकारी सम्पादक हुन् ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology