गजल
हुनुपर्छ तिम्रो मेरो विहे भन्थ्यौ प्यारी,
मन मुटु सवै तिम्लाई दिए भन्थ्यौ प्यारी ।
उजाड मेरो जिन्दगीमा वहार वनी आयौ र त,
फाटेको यो मनलाई सिए भन्थ्यौ प्यारी ।
जुनी जुनी सयौं जुनी तिमी संगै हुन
यो धर्तीमा मैले जन्म लिए भन्थ्यौ प्यारी ।
कहिले कांही टाढा भई संपर्क वाहिर हुंदा,
मन संहाल्न अलिकती पिए भन्थ्यौ प्यारी ।
दु:ख सुख हांसो आंशु तिमीसंग सयर गर्न,
त्यै मनको क्षितिज वाट चिए भन्थ्यौ प्यारी ।
✍️ अशोक गौतम क्षितिज
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology