कृष्ण अन्जान, बुटवल । बुटवल लेडि जाेसिजले विश्व वातावरण दिवसकाे अवसरमा वृक्षारोपण गरेकाे छ ।
नेपाल जेसीज-२०२२को “एक बिरुवाःमेरो जिम्मेवारी”नारा सहितको अभियानलाई सार्थक बनाउन र मानव जीवनमा वातावरणको महत्व दिने उद्देश्यका साथ वृक्षारोपण गरिएकाे बुटवल लेडि जसिजका सन २०२२का अध्यक्ष अनुपमा श्रेष्ठले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाको सबै भन्दा बढी पहिरो प्रभावित क्षेत्र वडा नं ३ काे चिडीयाखोला बाल विकास केन्द्रकाे परिसरमा गरिएकाे वृक्षरोपणमा बिभिन्न फलफूल,बिरुवा र फूलहरु लगाईएकाे छ भने परिसरमा सरसफाई कार्यक्रम समेत गरिएकाे थियाे ।
बुटवल लेडी जेसीजका अध्यक्ष जेसी अनुपमा श्रेष्ठको अध्यक्षतामा भएकाे वृक्षरोपण कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाध्यक्ष बिष्णु ढकालको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विध्यालय व्यवस्थापन समितीका सल्लाहकार आनन्द भगत श्रेष्ठ , बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेल , जेसी रुपा पाण्डे पूर्व अध्यक्ष जेसी ऋजन श्रेष्ठ,आजिवन सदस्य गीता ज्ञवाली,विध्यालय व्यवस्थापन समिती सदस्य मन्जु प्रधान,शिक्षिका बिन्दु गौतम लगायत अभिभावकहरुकाे उपस्थिती रहेको थियो।
लवाल विकास केन्द्र परिसरमा वृक्षरोपण गरिएकाे स्थानलाई “वाल उध्यान नामाकरण गरिएकाे छ र याे बाल उध्यान लाई बुटवल लेडी जेसीजले संरक्षण गर्ने प्रतिबद्धता र त्यहाका रुख बिरुवा संरक्षणमा स्थानीय कमल ढकाल बगैंचा संरक्षकको रहिदिन आग्रह गरिएकाे छ ।
कार्यक्रम आयोजनामा समन्वयकारी भूमिका निर्वाह गर्ने विध्यालय व्यवस्थापन समितीका कोषाध्यक्ष गोपाल प्रधान ,समिती सदस्य मन्जु प्रधान प्रति बुटवल लेडी जेसीज परिवारले कृतज्ञता प्रकट गरेकाे छ ।
कार्यक्रमको संयोजन संस्थाका शाखा सम्पादक जेसी जमुना शर्माको रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology