Logo

२०८३, आश्विन ३गते


images
images

प्रकोप

मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

images
  • मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
    images
    images

    पोखरा । मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो ।

    images
    images
    images

    लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए ।

    images
    images
    images

    लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि सो टोलीले पुनः बिहान रोप रेस्क्यु विधि अपनाई उनीहरु तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो ।

    उद्धार गरिएकाहरुमा सोही जिल्लाको पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने २८ बर्षिय प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० बर्षिय रेवन्त प्रसाद सिंह र भारत घर भएका ५२ बर्षिय निर्माण गिरी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मोदी खोला
  • # उद्धार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।