Logo

२०८३, भाद्र १गते


images
images

रुपन्देही क्रिकेट संघका नवनिर्वाचित पदाधिकारी देवदहमा सम्मानित

रुपन्देही क्रिकेट संघका नवनिर्वाचित पदाधिकारी देवदहमा सम्मानित

images
  • रुपन्देही क्रिकेट संघका नवनिर्वाचित पदाधिकारी देवदहमा सम्मानित
    images
    images

    देवदह । देवदह क्रिकेट युनिटले रुपन्देही क्रिकेट संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

    images
    images
    images

    आइतबार देवदहमा आयोजित सम्मान कार्यक्रममा संघले क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) का पूर्व सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष हरि थापा, शिद्धार्थ नगर नगरपालिका उपप्रमुख तथा रुपन्देही क्रिकेट संघ महिला क्रिकेट उपसमिति संयोजक उमा अधिकारीलगायत संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेेको हो ।

    images
    images
    images

    सोही अवसरमा देवदह क्रिकेट युनिटका पूर्व कप्तान विनोद क्षेत्रीलाई रुपन्देही जिल्ला क्रिकेट संघको अनुशासन उपसमितिमा मनोनयन गरिएको प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

    images
    images
    images

    आइतबार नै रुपन्देही जिल्ला क्रिकेट संघका पदाधिकारी तथा देवदह क्रिकेट युनिटका खेलाडीहरूले देवदह नगरपालिका७ स्थित देवदह क्रिकेट युनिटको खेलमैदानको अवलोकन तथा अनुगमन गरेका छन् । अनुगमका क्रममा खेलमैदानको स्तरउन्नती र क्रिकेटको समग्र विकासको बारेमा छलफल भएको थियो ।

    जिल्ला क्रिकेट संघले देवदहको समग्र क्रिकेट विकासमा सग्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको देवदह क्रिकेट युनिटले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह क्रिकेट युनिट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।