Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा क्रिकेट टुर्नामेन्ट हुने

देवदहमा क्रिकेट टुर्नामेन्ट हुने

images
  • देवदहमा क्रिकेट टुर्नामेन्ट हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा क्रिकेट टुर्नामेन्ट हुने भएको छ । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजनामा 'रोट्रयाक्ट देवदह क्रिकेट कप २०८०' हुने भएको हो ।

    images
    images
    images

    बुधबार देवदहमा पत्रकार भेटघाट गर्दै क्लबले देवदह ७ स्थित देवदह क्रिकेट युनिटको क्रिकेट खेल मैदानमा पुष २१ बाट प्रतियोगिता संचालन हुने जनाएको छ । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष विक्रम भुसालले युवाहरूको प्रतिभालाई प्रस्फुटन गर्न र खेलाडी उत्पादन गरी खेलको माध्यमबाट देवदहलाई राष्ट्रियस्तरमा चिनाउने उद्धेश्यले 'रोट्रयाक्ट देवदह क्रिकेट कप' आयोजना गरिएको बताए ।

    images
    images
    images

    युवाहरूलाई लागू पदार्थ सेवन, मध्यपान, धुम्रपान र जुवातास जस्ता कुलतबाट जोगाउँदै खेलकुदमा आकर्षित गर्न टुर्नामेन्ट महत्वपुर्ण हुने आयोजकले जनाएको छ । 

    प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार ५१ सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई २५ हजार ५१ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र र मेन अफ द म्याचलाई स्पेसल फुड भौचरसँगै बेस्ट बलर र बेस्ट ब्यास्म्यानलाई प्रतिव्यक्ति ५ हजार ५५१ रुपैयाँ प्रदान गरिने भएको छ ।

    टेनिस बलले खेलाईने प्रतियोगिताको पहिलो दिनको खेल १६-१६ ओभरको हुने र त्यसपछिका खेलहरू २०-२० ओभर खेलाइने खेल संयोजक अर्जुन घर्ती भुजेलले जानकारी दिए । प्रतियोगिता आइ.सि.सी का नियमहरु पालना गर्दै खेल टाइ सिट अनुसार सञ्चालन हुने उनको भनाई छ ।   

    हालसम्म १८ टिम दर्ता भैसकेको र टिम दर्ता गर्ने समय बिहिबारसम्म रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क चार हजार शुल्क तोकिएको छ । प्रतियोगितामा दुई लाख ५० हजार खर्च हुने जनाईएको छ । 

    सन् २०१३ मा स्थापना भएको रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले पहिलो पटक खेलकुदका कार्यक्रम संचालन गर्न लागेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।