Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको समन्वय प्रमुखमा काँग्रेसका द्राेर्ण बहादुर खत्री

गुल्मीको समन्वय प्रमुखमा काँग्रेसका द्राेर्ण बहादुर खत्री

images
  • गुल्मीको समन्वय प्रमुखमा काँग्रेसका द्राेर्ण बहादुर खत्री
    images
    images

    गुल्मी। जिल्ला समन्वय समिति गुल्मीकाे प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेस दाेर्ण बहादुर खत्री विजयी भएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतकाे कार्यालय तम्घासमा भएको निर्वाचनमा १५ मतसहित काँग्रेसका खत्री प्रमुखमा विजयी भएकाे मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

    images
    images
    images

    कुल २४ मत रहेको गुल्मीमा गठबन्धनका १५ र एमालेका ९ मतदाता रहेका थिए । जसमा प्रमुखका लागि एमालेका उम्मेदवार युवराज न्याैपानेले ९ मत ल्याएका थिए । 
     
    त्यस्तै जिल्ला समन्वय समिति गुल्मीको उपप्रमुखमा गठबन्धनबाट माओवादीका  तेजेन्द्र सलामी पनि १५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रमादेवी पुनले ९ मत प्राप्त गरेकी छिन् । 

    images
    images
    images

    त्यस्तै सदस्यमा गठबन्धनका महेश्वर भण्डारी १४, शेर बहादु विक १५, सुनिता जिसी कुँवर १५,  शेर बहादुर कुँवर १५, सावित्रा भण्डारी१५, वीर बहादुर कार्की१५ र नरमाया राना १५ मतसहित विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी एमालेका पिताम्बर अर्याल ९,  कृष्ण प्रसाद भण्डारी १०, ज्ञानप्रसाद श्रेष्ठ ९, सागर नेपाली ९, ममता सुनार आत्रेय ९, कल्पना अधिकारी ९ र विमला पन्थीले ९ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय गुल्मीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।