काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा जाने भएका छन् ।
सिधा कुरा जनतासँग कार्यक्रम मार्फत चर्चामा आएका सञ्चारकर्मी लामिछाने राजनीतिमा लाग्न कै लागि सञ्चारकर्मबाट अलग्गिएको उनका सहयोगी पत्रकार दिपक बोहोराले जानकारी दिए । 
लामिछानेले ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशकबाट राजिनामा समेत दिएका छन् । उनलाई टेलिभिजनका अध्यक्ष जीबी राईले बिदाइ गरेका छन् । लामिछानेले बिहीबार ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुने सिधा कुरा जनतासँग कार्यक्रमको अन्तिम अङ्क सञ्चालन गर्नेछन् । 
उनी आगामी संसदीय निर्वाचनमा उम्मेदवार बन्ने तय भइसकेको भएपनि कुन दलमा जाने वा स्वतन्त्र रुपमा उम्मेदवार बन्ने र कहाँबाट उम्मेदवारी दिने भन्नेबारे असार ७ गते सार्वजनिक गरिने पनि बोहोराले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology