Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथा मा.वि.मा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथा मा.वि.मा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथा मा.वि.मा शिक्षक–अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । देवदह–७, शितलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा कक्षा युकेजीमा अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यार्थीको सिकाइ, व्यवहार, परीक्षा तथा मूल्याङ्कन पद्धतिलगायत विषयमा छलफल गर्ने उद्देश्यले विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई बोल्दै विद्यालयका सहप्राचार्य प्रदीप अधिकारीले साना उमेरका विद्यार्थीलाई शिक्षण गर्दा शिक्षक र अभिभावक संयमित हुनुपर्ने बताए । बालबालिकाको संवेगात्मक तथा शारीरिक विकासलाई ध्यान दिँदै उनीहरूका क्रियाकलापलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यार्थीको परीक्षा र मूल्याङ्कन पद्धतिका विषयमा जिज्ञासा राखेका थिए । युकेजीका कक्षा शिक्षक अमृता सापकोटा, दुर्गा पोखरेल र आकृति गुरुङले आ–आफ्ना कक्षाका विद्यार्थीको समष्टिगत विवरण प्रस्तुत गरेका थिए ।

    ७० भन्दा बढी अभिभावकको सहभागिता रहेको कार्यक्रममा सहप्राचार्य लेखनाथ काफ्ले, प्रावि संयोजक रस्सा केसी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।