देवदह । देवदहस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यसहित अतिरिक्त क्रियाकलाप अन्र्तगत सोमबार अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा 'ग्रीन' सदनका आदर्श भण्डारीको समूह प्रथम, 'एलो' सदनका सन्देश भट्टराईको समूह द्धितीय, 'ब्लु' सदनका अंकुर पोखरेलको समूह तृतीय र सान्त्वना स्थान पूर्णिमा लामाको समूहले प्राप्त गरेको छ ।
कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अजय थापाको अध्यक्षता तथा विद्यालयका संस्थापक प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख अथिति र विद्यालयका सह–प्राचार्य प्रदीप अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology