Logo

२०८३, आश्विन ३गते


images
images

अपराध

एक लाख घुससहित पक्राउ परेका सूचना प्रविधि अधिकृतविरुद्ध मुद्धा दायर

एक लाख घुससहित पक्राउ परेका सूचना प्रविधि अधिकृतविरुद्ध मुद्धा दायर

images
  • एक लाख घुससहित पक्राउ परेका सूचना प्रविधि अधिकृतविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौं । एक लाख घुससहित पक्राउ परेका नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको छ ।

    images
    images
    images

    भुक्तानी रकमको कमिसनमा बार्गेनिङ गर्दै पटक-पटक दुःख हैरानी दिने र घुस माग्ने गरेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा तामाङले आर्थिक वर्ष २०८२/८३ मा म्यागङ गाउँपालिका, नुवाकोटअन्तर्गत सौर्य सडक बत्ती खरिद तथा जडानको काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस मागेर एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर भएको भन्दै अख्तियारले तामाङविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगो बराबर जरिवाना मागदाबी गरेको छ । अख्तियारले आज विशेष अदालत, काठमाडौंमा तामाङविरुद्ध आरोपपत्र दायर गरेको जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घुस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।