Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

घुस लिएको मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

घुस लिएको मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

images
  • घुस लिएको मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१–सिआर–०११८ मा नेपाल सरकार वादी तथा चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान र आरोप मागदाबीको विपरीत अदालतमा बकपत्र गरेको विषयमा अनुसन्धान गरिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थायी ठेगाना भएका ईश्वरी प्रसाद गौतमले वैशाख २३ गते विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबीविपरीत अभिव्यक्ति दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

    images
    images
    images

    आयोगका अनुसार चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिएबापत ५० लाख रुपैयाँ घुस माग गरी लिएको घटनामा ईश्वरी प्रसाद गौतमको पनि संलग्नता देखिएको छ । यस आधारमा गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

    उक्त ऐनको व्यवस्था अनुसार उनलाई कैद सजाय तथा बिगो बराबरको जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घुस
  • # मुद्धा दायर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।