गोविन्द कंडेल, गुल्मी । वडिगाड गाउँपालिकाका २५ सहित बागलुङमा आज ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालमा परिक्षण गरिएको पिसिआर रिपोर्टका अनुसार ६० वटा नमूना परिक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय वागलुङले जनाएको छ ।
कोरोना पुष्टी हुनेमा धौलागिरी अस्पतालले संकलन गरेका जिल्लाका विभिन्न स्थानका २२ जना छन भने जिल्लाको बडिगाड गाउँपालिकाका २५ जना रहेका छन ।
वडिगाड गाउँपालिकामा संक्रमित हुने सवै जना वडा नं. ४ का रहेको वडिगा गाँउपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो । उनिहरू सवै केही दिन अगाडी सोही स्थानमा सम्पन्न भएको विवाह समारोहमा सहभागी रहेको वताइएको छ साथै उक्त विवाह समारोहमा सहभागि एक ८६ वर्षिय पूरूषको कोरोना संक्रमणबाट मृत्यु भइ सकेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology