Logo

२०८३, आश्विन ३गते


images
images

बाढी प्रभावित क्षेत्रमा एक अर्ब निकासा

बाढी प्रभावित क्षेत्रमा एक अर्ब निकासा

images
  • बाढी प्रभावित क्षेत्रमा एक अर्ब निकासा
    images
    images

    काठमाडौँ । सरकारले बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    images
    images
    images

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको मध्येबाट उक्त रकम निकासा गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले भने- 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा रहेको एभरेष्ट बैंक सिंहदरबार शाखामा मौज्दात रहेको रकममध्ये रु एक अर्ब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरिएको छ ।'

    images
    images
    images

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष स्थापना भएको हो ।

    images
    images
    images

    कार्यकारी प्रमुख उप्रेतीका अनुसार सरकारले निकासका गरेको उक्त रकममध्ये रसुवाको उत्तरगया गाउँपालिका लागि रु ७५ लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु एक करोड, कालिका गाउँपालिकाका लागि रु ३० लाख र आमछोदिङ्गो गाउँपालिकाका लागि रु २० लाख  निकासा गरिएको छ । त्यसैगरी नुवाकोटको बिदुर नगरपालिकाका लागि रु एक करोड ५० लाख, बेलकोटगढी नगरपालिकाका लागि रु ७५ लाख किस्पाङ गाउँपालिकाका लागि रु २५ लाख र तारकेश्वर गाउँपालिकाका लागि रु ५० लाख निकासा गरिएको छ । धादिङको गल्छी गाउँपालिकाका लागि रु ३० लाख, सिद्धलेक गाउँपालिकाका लागि रु २० लाख, गजुरी गाउँपालिकाका लागि रु २० लाख, बेनिघाट रोराङ गाउँपालिकाका लागि रु २० लाख तथा गोरखाको गण्डकी गाउँपालिकाका लागि रु २० लाख र तनहुँको देवघाट गाउँपालिकाका लागि रु २० लाख निकासा गरिएको छ । 

    उनका अनुसार प्रभावित पालिाकाका लागि सोही रकम बराबरको रकम पठाइएको थियो । उनले भने- 'बाढी प्रभावित १५ पालिकामा ६ करोड ५० लाख निकासा गरिएको थियो, अहिले पनि सोही रकम बराबर निकासा गरिएको छ, हालसम्म १५ पालिकामा रु १३ करोड ५० लाख निकासा भइसकेको छ ।' सरकारले बाढी आएको दिन सरकारले तत्कालै रसुवाका लागि रु एक करोड, नुवाकोटका लागि रु एक करोड र धादिङका लागि रु ५० लाख पठाइएको थियो ।

    उक्त रकम विपद् पश्चात स्थानीय तहको सेवा तत्काल सञ्चालन गर्न, अवरुद्ध सडक, खानेपानी, सञ्चार, विद्युत्लगायतका आवश्यक सेवाहरू सामान्य मर्मत सम्भार गरी तत्काल सञ्चाल गर्न, स्वास्थ्य चौकी र विद्यालय सञ्चालानार्थ तत्काल गर्नुपर्ने सामान्य मर्मत सम्भार तथा अस्थायी प्रकृतिका संरचना तयार गरी सेवा सञ्चार गर्न, विपद् पीडित परिवारलाई तत्काल बस्नका लागि आवश्यक सामग्री उपलब्ध गराउन र विपद् प्रभावित स्थानसम्म राहत सामग्री ढुवानीका लागि स्थानीय तहले खर्च गर्नुपर्नेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढी प्रभावित क्षेत्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।