एजेन्सी । इजरायलमा नाफ्टाली बेनेट नेतृत्वको गठबन्धन सरकार ढलेको छ। प्रधानमन्त्री बेनेटले सोमबार टेलिभिजनबाट सम्बोधन गर्दै आफूहरूले सरकार जोगाउन नसकेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ।
एक वर्षअघि बेनेटले आठ दल सम्मिलित गठबन्धनको सरकार बनाएका थिए।
राजनीति विचार र नीति तथा कार्यक्रम नमिल्ने दलहरूबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो। पछिल्लो समय गठबन्धनका दुई जना सांसद विपक्षी गठबन्धनमा गएका थिए भने केहीले सरकारले ल्याएका विधेयकका पक्षमा मत हालेका थिएनन्।
सरकार चलाउन कठिन भएपछि बेनेटले संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका हुन्। न्युयोर्क टाइम्सका अनुसार अर्को साता इजरायलको संसदले आफैंलाई विघटन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसपछि अहिलेका विदेश मन्त्री याइर लापिड कामचलाउ प्रधानमन्त्री बन्नेछन् ।
आगामी अक्टुबरसम्म इजरायलमा नयाँ चुनाव हुने अपेक्षा गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology