Logo

२०८३, आश्विन ३गते


images
images

स्विट्जरल्यान्डले दियो सुरुङ उद्धारमा प्रभावकारी हुने विशेष प्रकारको ड्रोन

स्विट्जरल्यान्डले दियो सुरुङ उद्धारमा प्रभावकारी हुने विशेष प्रकारको ड्रोन

images
  • स्विट्जरल्यान्डले दियो सुरुङ उद्धारमा प्रभावकारी हुने विशेष प्रकारको ड्रोन
    images
    images

    काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।

    images
    images
    images

    उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।   स्विट्जरल्यान्डको चर्चित ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ ।

    images
    images
    images

    स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ । ड्रोनमा विशेष सुरक्षा घेरा जडान गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा समेत क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ ।

    images
    images
    images

    सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई जोखिमको मूल्याङ्कन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारको रणनीति तय गर्न यो प्रविधिले महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ प्रविधिको प्रयोगले सुरुङभित्र उद्धारकर्तालाई प्रत्यक्ष प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन मद्दत पुग्नेछ ।

     जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा हुने दुर्घटना र विपद्का घटनामा खोज तथा उद्धार चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।