Logo

२०८३, आश्विन ३गते


images
images

राष्ट्रपतिको अपिल

जलवायु न्यायका लागि प्रभावकारी कदम चाल्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

जलवायु न्यायका लागि प्रभावकारी कदम चाल्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

images
  • जलवायु न्यायका लागि प्रभावकारी कदम चाल्न राष्ट्रपति पौडेलको अन्तर्राष्ट्रिय समुदायलाई अपिल
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न अपिल गरेका छन् ।

    images
    images
    images

    सोमबार राष्ट्रका नाममा  सम्बोधन गर्दै राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले हिमाली पर्यावरणको असाधारण नाजुक अवस्था उजागर गर्नुका साथै बढ्दो विश्वव्यापी तापक्रम र त्यसबाट सिर्जित जोखिमबारे गम्भीर चेतावनी दिएको बताए ।

    images
    images
    images

    उनले भने, ‘नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न म अन्तर्राष्ट्रिय समुदायसमक्ष हार्दिक आह्वान गर्दछु ।’

    images
    images
    images

    नेपालले भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न विपत्तिको सामना गर्दै आएको स्मरण गर्दै पौडेलले हरेक कठिन परिस्थितिमा नेपाली जनताले साहस, धैर्य र दृढताका साथ सामना गर्दै आएको बताए । राष्ट्रपति पौडेलले अहिलेको संकटमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, उद्धार तथा मानवीय सहयोगमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । उनले भने- ‘यो विभाजनको समय होइन । एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन । यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो।’

    बाढीबाट भएको क्षतिको पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालले अपनाउँदै आएको विकासको ढाँचामाथि समेत पुनर्विचार गर्नुपर्ने राष्ट्रपति पौडेलले बताएका थिए । परिवारका सदस्य तथा आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका नागरिकलाई खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले उद्धार गरिएकाको खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने बताए ।

    उनले बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दै अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित बनाउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए । विदेशी तथा नेपाली नागरिकका परिवारलाई प्रभावित व्यक्तिको अवस्थाबारे यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफ्ना प्रियजनलाई घर फर्काउन आवश्यक सहजीकरण र मानवीय सहयोग उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

    राष्ट्रपति पौडेलले उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारका स्थानीयसहित सबै तह, निकाय र संरचनाबीच आवश्यक समन्वय भइरहेको विश्वास व्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।