Logo

२०८३, आश्विन ३गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकामाथि क्यानडाले लगायो जवाफी कर

अमेरिकामाथि क्यानडाले लगायो जवाफी कर

images
  • अमेरिकामाथि क्यानडाले लगायो जवाफी कर
    images
    images

    काठमाडौँ । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीबीच सम्बन्ध तनावपूर्ण भइरहेका बेला क्यानडाले पनि अमेरिकामाथि जवाफी कर लगाएको छ ।

    images
    images
    images

    क्यानडाली सरकारले अमेरिकाले अगस्ट २२ देखि २० अर्ब डलर बराबरका क्यानडाली सामानमा ५० प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफमा नयाँ कर लगाइएको जनाएको छ ।

    images
    images
    images

    क्यानडाको जवाफी करबाट अमेरिकी स्टिल, आल्मुनियम, दुग्धजन्य पदार्थ, घरेलु तथा कृषि उपकरण, विद्युतीय सामग्री र कागज उद्योग प्रभावित हुनेछन् । व्यापार विवादका कारण दुवै देशका उपभोक्ता र उद्योगमाथि महँगी तथा आर्थिक दबाब बढिरहेको छ ।

    images
    images
    images

    यसअघि वासिङ्टनमा महिनौँदेखि चलिरहेको दुई देशबीचको व्यापार वार्ता अमेरिकी पक्षले अन्तिम समयमा अनुचित सर्त राखेको भन्दै क्यानडाले असन्तुष्टि जनाएपछि भंग भएको थियो । विवाद बढ्दै गएमा दुई देशबीचको विद्यमान स्वतन्त्र व्यापार सम्झौताको भविष्यसमेत संकटमा पर्न सक्ने देखिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # क्यानडा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।