Logo

२०८३, श्रावण ३१गते


images
images

देवदह नगरपालिका : एघारौं नगरसभाको पहिलो दिनमा जे देखियो …

देवदह नगरपालिका : एघारौं नगरसभाको पहिलो दिनमा जे देखियो …

बहुमतसिद्ध गर्न चुनौती दिए लगत्तै नगर प्रमुख खरेलले अर्को सुचना नहुन्जेलसम्मका लागि नगरसभाको बैठक स्थगीत भएको घोषणा गर्दै बाहिरिए ।
images
  • देवदह नगरपालिका : एघारौं नगरसभाको पहिलो दिनमा जे देखियो …
    नगरसभा फाईल तस्वीर । फोटो : राहुलदेव सापकोटा / सेतोमसी
    images
    images

    राहुल देव सापकोटा, देवदह । शुक्रवार दिउँसो १ बजे बोलाईएको देवदह नगरपालिकाको ११ औं नगरसभा करिव ३ बजेतिर भर्खरै सुरु हुँदै थियो । नगरपालिकाका कर्मचारी गङ्गा पन्थीले कार्यक्रम चलाउँदै थिए । आसन ग्रहण राष्ट्रिय, गान र मौनधारण पछि दौरा सुरुवाल र ढाका टोपिले सजिएर मन्चमा बसेका देवदह नरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे भने उप-प्रमुख विद्यालक्ष्मी गुरुङले आर्थीक विधेयक र ऐन  संशोधन तथा आय व्यय प्रस्तुत गरिन् ।

    images
    images
    images

    कार्यक्रमा पसिना पुछ्दै जनप्रतिनिधिहरु हातमा भएको नीति तथा कार्यक्रमको फाइल हेरिरहेका थिए । मंचमा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ र प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज बेलबासे आफ्नो आसनमा बसिरहेका थिए । 

    images
    images
    images

    कहिले नगरप्रमुख त कहिले नगर उपप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहे । नगर प्रमुख धुर्व प्रसाद खरेलले करिव २४९ वटा नीति तथा योजना बाचन पछि आफ्नो आसनमा गएर बसे । नगर उपप्रमुख बिद्दालक्ष्मी गुरुङले आफुलाइ चित्त नबुझेको वा सुझाव दिनु पर्ने कुनै नीति भए आफुले बोल्न पाइने भन्दै फ्लोर खोलिएको घोषणा गरिन् । 

    images
    images
    images

    उपप्रमुख गुरुङको घोंषणा लगत्तै केहि जनप्रतिनिधिले नाम टिपाए । टिपीएको नाम बाचन गर्दै सुरुमा अमर लामिछानेले आफ्ना कुरा राख्दै जनतालाइ २० प्रतिशत लागत सहभागीता उचित नभएको कुरा राखे । उनले नगरपालिकाले संचालन गर्ने भनिएको क्रसर उद्योगलाई नगरपालिका कहिलेबाट व्यापारी हुन लाग्यो भन्दै प्रश्न गरे । शिक्षाको क्षेत्रमा गुरुकुल शिक्षाले प्रापुर्व कालदेखीनै महत्त्वपुर्ण भुमिका खेलिरहेको भन्दै गुरुकुल शिक्षालाइ पनि समाबेस गर्न उनले आग्रह गरे । 

    अर्का जनप्रतिनिधि चमकान्त गौँडेलले पनि क्रेसर उद्योगको बिषयमा कुरा राख्न खोज्दा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गले एक पटक आइसकेको बिषयलाइ न ल्याउन अनुरोध गरिन् । 

    उक्त प्रकृया सकिए लगत्तै उठेका बिषयमा स्पष्ट पार्न खोज्दै नगरप्रमुख खरेलले क्रसर उद्योग नगर विकासका लागि अति आवश्यक भएको बताए । नदिजन्य पदार्थको दोहन भैरहेको अवस्थामा नगरपालिकाले नै व्यवस्थापन गरेर क्रसर संचालन गर्नु पर्नेका उनले जोड दिए ।

    लगत्तै नगर उपप्रमुख गुरुङ्गले यो निर्णयको पक्षमा हुनुहुनेले हुन्छ भन्नुहोस भन्दा हुन्छ सहितको ताली बज्यो । निर्णयको विपक्षमा हुन्न भन्ने आवाज मधुरो आयो । मत दिन नचाहनेले म मत दिन्न भन्नू भन्दा चर्को स्वर सहित अमर लामिछानेले म मत दिन्न भने । यत्तिकैमा प्रमुख ध्रुब प्रसाद खरेलले निर्णय बहुमतले पारित भएको घोषणा गरे ।

     यसरी नै नीति तथा कार्यक्रम पास हुँदै थिए । 

    सोही प्रकृया चलिरहेको थियो । तर नगरसभाको अन्तिम अन्तिम तिर न्यायिक समितमा जाने दुई सदस्यको नाम प्रस्ताव गरिरहँदा हुन्छ भन्ने पक्षमा भएकाले हुन्छ भन्दै हात उठाउन आग्रह गरे । तीन चार जनाको हात उठ्यो अनि मधुरो बोलिमा हुन्छ भन्ने सुनियो तर पक्षमा नभएकोले हुन्न भन्दै हात उठाउन गरिएको आग्रहमा अत्यधिक नगरसभा सदस्य जनप्रतिनिधिले हात उठाएर चर्को स्वरमा हुन्न भने । 

    यद्यपि नगर प्रमुख धुर्व प्रसाद खरेलले यो निर्णय बहुमतले पारित भएको छ भने । 

    खरेलले निर्णय सुनाएपछी धेरै जनप्रतिनिधिले विरोध जनाए र बहुमतसिद्ध गर्न चुनौती दिए । 

    लगत्तै नगर प्रमुख खरेलले अर्को सुचना नहुन्जेलसम्मका लागि नगर सभाको बैठक स्थगीत भएको घोषणा गर्दै बाहिरिए ।

    प्रमुख खरेल बाहिरिए लगत्तै रित्तो मन्चमा केही जनप्रतिनिधिहरू फोटो सेसनमा व्यस्त रहे भने केही कर्मचारी र जनप्रतिनिधि प्लेट बोकेर खानाको लाइनतिर लागे । यसरी ११ औं नगरसभाको पहिलो दिन सकियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।