Logo

२०८३, आश्विन १०गते


images
images

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा

images
  • डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा
    images
    images

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ ।

    images
    images
    images

    सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो । यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४ किमी बाटोमा ३ हजार १ सय ७५ लाग्ने गरेकोमा अब ३ हजार ३ सय कायम गरिएको छ । जसमा १ सय १ सय ७२ रुपैयाँ सस्तो भएको छ । काकडभिट्टा–नारायणगढको भाडा यसअघि १३ सय ३६ रहेकोमा अब १२ सय ६४ रुपैयाँ कायम गरिएको छ ।

    images
    images
    images

    काठमाडौं– अत्तरिया–सिलगढीको भाडा २५ सय ८४ रहेकोमा अब २४ सय ४५ कायम गरिएको छ । काठमाडौंदेखि इलामको भाडा २ हजार ७९ रहेकोमा अब १९ सय ६७ कायम गरिएको छ । यसैगरी, काठमाडौं झापाको भाडा १८ सय ४ रहेकोमा अब १७ सय ६ रुपैयाँ कामय गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।