Logo

२०८३, आश्विन ९गते


images
images

पत्रपत्रीका

रित्तियो कोभिडकोष, थपिए बिरामी 

रित्तियो कोभिडकोष, थपिए बिरामी 

images
  • रित्तियो कोभिडकोष, थपिए बिरामी 
    images
    images

     

    images
    images
    images

    कोरोनाको संक्रमणले विकराल रूप लिएसगै कोरोना जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्न सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कोष रित्तिएको छ । कोषमा प्रदेश सरकार र यहाँका ८८ स्थानीय तह तथा विभिन्न संघसंस्थाले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि भनेर रकम माग गरिएको थियो । 

    images
    images
    images

    प्रदेश सरकारको कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषमा ४३ करोड ६६ हजार रकम जम्मा भएको थियो । कोषमा जम्मा भएको रकममध्ये अब ६१ लाख मात्र बाँकी रहेको बताइएको छ । 

    images
    images
    images

    कोषमा रकम रित्तिएपछि तर प्रदेशको मन्त्रिपरिषद्बाट पुनः १५ करोड जम्मा गर्ने निर्णय भएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बताए । मन्त्री शाहले कोषमा संकलित रकम प्रदेशमा अक्सिजन नपाएर मृत्यु हुनेको संख्या बढोत्तरी रहेको भन्दै पहिलो प्राथमिकता अक्सिजन सिलिन्डर खरिदलाई दिइएको जानकारी दिए। 

    उनले भने, कैलालीको टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र अछामको बयलपाटा अस्पताललाई रकम उपलब्ध गराउने र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई व्यक्तिगत सुरक्षा सामग्री खरिद गरिनेछ । प्रदेशमाकोरोना भाइरसको दोस्रो लहरले अक्सिजनको हाहाकारको अवस्था सिर्जना भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ । तर, कोरोना जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषमा रित्तो भएको भन्दै प्रदेश सरकारको आलोचना भएको छ । 

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव चुणामणि पौडेलले प्रदेश मन्त्रिपरिषद्बाट निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले कोभिडकोषबाट बजेट वितरणको निर्णय गरेको छ तर कोषमा रकम नभएको जानकारी दिए । सुदूरपश्चिमका कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डर अति आवश्यक भएको भन्दै प्रदेश सरकारले सिलिन्डर खरिदलाई पहिलो प्राथामिकता दिएको बताएको छ । आजको राजधानी दैनिकमा प्रकाशीत सामाचार

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजधानी दैनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।