Logo

२०८३, आश्विन ३गते


images
images

राजनीति

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

images
  • प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
    images
    images

    काठमाडौँ । प्रधानसेनापति महारथी अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

    images
    images
    images

    भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीसँग भेटवार्ता गरेका थिए । उनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयसहित चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था र विभिन्न सैनिक एकाइको निरीक्षणसमेत गरेका थिए ।

    images
    images
    images

    चीनमा रहँदा उनले बेइजिङमा आयोजित तेह्रौँ स्याङसान मञ्चमा सहभागिता जनाएका थिए ।

    images
    images
    images

    नेपाली सेनाले प्रधानसेनापतिको चीन भ्रमणले नेपाल र चीनबीचको सौहार्दपूर्ण द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।