Logo

२०८३, आश्विन ३गते


images
images

समाचार

प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता

प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता

images
  • प्रधानसेनापति सिग्देलको चिनियाँ रक्षामन्त्री जुनसँग शिष्टाचार भेटवार्ता
    images
    images

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    भेटवार्ताको क्रममा आपसी हित एवम् सैनिक सम्बन्धको बारेमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । 

    images
    images
    images

    त्यसैगरी, प्रधानसेनापतिले सोही दिन मित्रराष्ट्र चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुका साथै बेइजिङमा आयोजना भएको द १३औं बेइजीङ सियाङसन फोरमको उद्‍घाटन सत्रमा समेत सरिक भएका नेपाली सेनाले जनाएको छ ।

    images
    images
    images

    भदौ २८ गते चीनको औपचारिक भ्रमणमा गएका प्रधानसेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।