Logo

२०८३, आश्विन ९गते


images
images

भोटेकोशी बाढीपछि अझै पाँच हजार ७८६ सम्पर्कविहिन

भोटेकोशी बाढीपछि अझै पाँच हजार ७८६ सम्पर्कविहिन

images
  • भोटेकोशी बाढीपछि अझै पाँच हजार ७८६ सम्पर्कविहिन
    images
    images

    काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन् ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका हुन् । 

    images
    images
    images

    सम्पर्कविहीन हुनेमा रसुवाका स्थानीय १६७७ जना रहेका छन् भने रसुवाबाट सम्पर्कविहिन भएका अन्य जिल्लाका नागरिकको संख्या १८३६ रहेको छ । त्यस्तै नुवाकोटबाट सम्पर्क विहिन हुने स्थानीयको संख्या ६५७ रहेको छ भने अन्य जिल्लाका १०९० जना रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यसैगरी सम्पर्कविहिन हुने विदेशी नागरिकको संख्या ६३६ रहेको छ । 

    images
    images
    images

    त्यस्तै अहिलेसम्म १४५१ जनाको शव फेला परेको छ । जसमा रसुवामा २०३, नुवाकोटमा २३६, धादिङमा ७२, चितवनमा ३६७, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २३२ जनाको शव फेला परेको छ । त्यस्तै बाढीबाट घाइते भएका २ जनाको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ ।

    अहिलेसम्म ११० शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ । फेला परेका शवमा ३३६ जना महिला, ५८५ जना पुरुष र ५३० जनाको आंशिक अवशेष मात्र भेटिएको प्राधिकरणले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।