बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रामबहादुर थापा बादलको तुलना खिमलाल देवकोटासंग हुनै नसक्ने बताएका छन् । सामाजिक संजाल फेसबूकमा पोस्ट गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन ।
लुम्बिनी प्रदेश यतिबेला कोभिड-१९ को हटस्पट बनेको छ । हालसम्म प्रदेश राजधानी कायम रहेको रुपन्देहीको अवस्था त झन् भयावह छ । अस्पतालमा बेड छैन, अक्सिजन छैन न त अस्पतालसम्म पुग्ने एम्बुलेन्स नै छ । तर प्रदेशका मुख्यमन्त्री भने सामाजिक संजालका भित्ताहरुमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहको गुणगानमै अधिकांश समय ब्यतित गर्छन् ।
त्यतिमात्र होइन यिनि तिनै मुख्यमन्त्री हुन् जो केहि घण्टाका लागि राजिनामा दिन्छन र प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पुनः सपथ खुवाउन लगाउँछन् । यिनै मुख्यमन्त्रीले सामाजिक संजालमा लुम्बिनी प्रदेशमा अक्सिजनको अभाव छैन भन्छन् तर अस्पतालले अक्सिजन र बेड अभावकै कारण बिरामी भर्ना गर्न नसकिने सूचना जारी गर्छ ।
स्मरण रहोस, राष्ट्रियसभाको चुनावमा दुबै एमालेका उम्मेदवारबिच हुन लागेको प्रतिस्पर्धामा थापा केपी ओली समूहका उम्मेदवार हुन भने देवकोटा माधव नेपाल समूह, माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उम्मेदवार हुन् । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology