बुटवल, १५ असोज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीले आयोजना गरेको जुनियर तथा सिनियर तहको निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीको लेखन क्षमता तथा सिर्जनशीलता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
सिनियरतर्फ प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलकी तारा गलामी मगर प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलकी गरिमा ज्ञवाली द्वितीय र कोलिया इङ्लिस बोर्डिङ स्कुलकी अलिसा सिंजाली तृतीय भएकी छन् । सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदहका शुभोद पाठकले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
जुनियरतर्फ न्यू नमुना इङ्लिस बोर्डिङ स्कुलकी आद्या नेपाल प्रथम, सुनगाभा पब्लिक सेकेन्डरी स्कुलकी प्रतीक्षा भुसाल द्वितीय र सैनामैना मेमोरियल स्कुलका रुपेश भुसाल तृतीय भएका छन् । ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलकी रोमिसा श्रीसले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी छन् ।
विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै एन प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेलले यस्ता प्रतियोगिताले विद्यार्थीको सिर्जनशीलता र आत्मविश्वास विकासमा सहयोग पुग्ने बताए ।
एन प्याब्सन रुपन्देहीका अध्यक्ष तिलब केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पराजुली, निर्णायक तथा साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थनलगायतले मन्तव्य राखेका थिए । प्रतियोगितामा एन प्याब्सनअन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology