राहुल देव सापकोटा, देवदह । एनप्याबसनमा रुपन्देहीद्वारा आयोजित माध्यमिक तहको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामामा देवदह इङ्ग्लिस बोर्डिंङ् स्कुल प्रथम भएको छ। मंगलबार देवदह नगरपालिका वडा नम्बर ७ मा अवस्थित देवदह इङ्ग्लिस बोर्डिंङ्मा आयोजित प्रतियोगितामा सोहि स्कुलकी छात्रा बृन्दा पान्डे प्रथम भएकी हुन्।
रुपन्देही जिल्लाका ११ विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगितामा न्यु लुम्बिनी इङ्ग्लिस बोर्डिङ्ग स्कुल देवदहकी छात्रा खुसी जिएमले द्वितीय स्थान हासिल गरिन भने ग्लोरी इङ्ग्लीस बोर्डिङ् स्कुलकी छात्रा सृष्टि भण्डारी तृतीय र ग्यालेक्सी बोर्डिङ्ग स्कुलकी छात्रा स्विकृती पाण्डे सान्तवना भएकी छन।
उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभाका नवनिर्वाचित सदस्य आशिष कुमार चौधरीले शिक्षानै जीवन जिउने आधार रहेको बताउँदै यस प्रकारका अतिरिक्त क्रियाकलापले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुर्याउने धारणा व्यक्त गरे। कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
देवदह इङ्ग्लिस बोर्डिङ्का प्राचार्य बिष्णु पौडेल संयोजक रहेको उक्त कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो।
एनप्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालका अध्यक्षता रहेको कार्यक्रम एनप्याब्सन रुपन्देहीका कोषाध्यक्ष अमर पाठकको संचालनमा सम्पन्न भएको थियो।
कार्यक्रममा साहित्यकार कविराज पौडेल र एक नारायण ज्ञवालीले निर्णायकको भूमिकामा रहेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology