Logo

२०८३, श्रावण ३०गते


images
images

बुद्ध पब्लिकमा 'बुवा मेरो आदर्श व्यक्तित्व' विषयक वक्तृत्वकला प्रतियोगिता

बुद्ध पब्लिकमा 'बुवा मेरो आदर्श व्यक्तित्व' विषयक वक्तृत्वकला प्रतियोगिता

images
  • बुद्ध पब्लिकमा 'बुवा मेरो आदर्श व्यक्तित्व' विषयक वक्तृत्वकला प्रतियोगिता
    images
    images

    देवदह । देवदह नगरपालिकामा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिन विशेष कार्यक्रम गरिएको छ ।  सोमबार विद्यालयका विद्यार्थीबीच 'बुवा मेरो आदर्श व्यक्तित्व' विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    मौलिक संस्कृतिको बारेमा जानकारीसहित अभिभावकप्रतिको सम्मान स्वरुप 'बुवा मेरो आदर्श व्यक्तित्व' विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीले बताए । 

    images
    images
    images

    ५० जना विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ६ र ७ बाट सुजल राना, सुजन बस्याल  र अर्पण मरासिनी क्रमश: प्रथम, द्वितिय र तृतीय भएका छन् भने कक्षा ८ र ९ बाट विशेषता तिवारी, स्पर्श भण्डारी  र बबिना श्रेब्ठ क्रमश: प्रथम, द्वितिय र तृतीय भएका छन् । 

    images
    images
    images

    प्रतियोगिताको औपचारिक कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, शिक्षकहरू वेद सूर्यवंशी, रोसी गुरुङ्ग, मुक्ति विश्वकर्मा, दुर्गा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।