Logo

२०८३, श्रावण ३०गते


images
images

वक्तृत्वकला प्रतियोगितामा केरवानी माविकि संस्कृति घर्ती प्रथम

वक्तृत्वकला प्रतियोगितामा केरवानी माविकि संस्कृति घर्ती प्रथम

images
  • वक्तृत्वकला प्रतियोगितामा केरवानी माविकि संस्कृति घर्ती प्रथम
    images
    images

    देवदह । ११४ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा केरवानी माध्यमिक विद्यालय प्रथम भएको छ । उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत संचालित देवदह नगरस्तरिय प्रतियोगितामा केरवानी माविकि संस्कृति घर्ती प्रथम भएकी हुन् । 

    images
    images
    images

    'महिलाको वर्तमान समस्या र समाधानको उपाय' शिर्षकमा भएको प्रतियोगितामा मदरल्याण्ड एकेडेमीका विद्यार्थी प्रेरणा न्यौपाने द्धितिय, देवदह माध्यमिक विद्यालयका विद्यार्थी निस्तिका परियार तृतिय र नारायणी पव्लिक बोडिङ्ग स्कुलका विद्यार्थी चन्दा चौधरी सान्त्वना भएको निर्णायक मण्डलका संयोजक दलबहादुर गुरुङ्गले जानकारी दिए । 

    images
    images
    images

    देवदहमा रहेका सामुदायिक तथा संस्थागत १८ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद १५ हजार, द्धितिय हुनेले नगद १२ हजार, तृतिय हुनेले नगद १० हजार र सान्त्वना हुनेले नगद ५ हजार प्राप्त गरेका छन् । 

    images
    images
    images

    कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मान समेत गरिएको छ । देवदह क्षेत्रमा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल महिला पत्रकारहरु पार्वती न्यौपाने, संगीता चापागाई, कमला अर्याल, देवी पौडेल र ललिता घिमिरेलाई नगद सहित सम्मान गरेको छ  । 

    यसैगरी कार्यक्रममा देवदह प्रहरी चौकीमा कार्यरत महिलाहरु प्रहरीहरु शोभा शर्मा, गंगा घर्ती, दिपा घाट क्षेत्रीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा स्थानिय महिला सन्तु विकलाई व्यवसायी गरी आत्मनिर्भर बन्नको लागि ठेला प्रदान गरिएको छ । 

    कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख खरेलले भौतिक पुर्वाधारसंगै मानवीय विकास नभएसम्म समृद्धि समाज निर्माण नहुने बताए । महिलाहरुको नेतृत्व र श्रमता विकासको लागि नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउदै उनले महिलाहरु आर्थिक विकासमा जोडिन आवश्यक रहेको औल्याए ।

    उपप्रमुख विद्यालक्ष्मी गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह–९, का वडाअध्यक्ष मोहन जिसी, नेपाली काग्रेसका सभापति गुनाखर भुर्तेल, फुलमाया श्रीष, कला ढकाल लगायतले शुभकामना दिएका थिए । उपप्रमुखसंग महिला कार्यक्रमका सदस्य कृष्णमाया रानाको स्वागत र महिला, वालवालिका शाखा प्रमुख ईन्दिरा भूषालको संचालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।