राहुल देव सापकोटा, देवदह। नेपाली काँग्रेसका संस्थापक नेता बहुआयामिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा रुपन्देहीको देवदहमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ । ४१ औं विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. १ ले भोली शनिबार माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला क्षेत्र नं १ का सभापति हिराबहादुर खत्रीले जानकारी दिए।
बिहान साढे ११ बजे सुरुहुने प्रतियोगितामा सहभागि हुनको लागि देवदह क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरुलाई पत्राचार गरिएको र ४० बढी विद्यालयबाट विद्यार्थी सहभागि हुने उनको भनाइ छ ।
प्रतियोगितामा प्रमुख वक्ताको रुपमा नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डे आउने उनले जानकारी दिएका छन। ‘बहुआयामिक व्यक्तित्व विशेश्वरप्रसाद कोइराला’ विषयमा आयोजना गरिएको प्रतितियोगितामा प्रथम हुने विद्यार्थीलाई प्रमाणपत्र सहित ८ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई ६ हजार रुपैंया, तृतीय हुनेलाई ४ हजार र सान्त्वना हुने २ जनालाई जनही दुई हजार रुपैंया नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने क्षेत्रीय सभापति खत्रीले जानकारी दिए।
प्रतियोगितामा सहभागि भएका सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र तथा विद्यार्थी पठाउने विद्यालयलाई धन्यवाद पत्र प्रदान गरिने छ । त्यस्तै विपिको पुस्तक ‘विपि कोइरालाको डायरी’ पनि वितरण गरिने छ । विपि स्मृति दिवसकै अवसरमा बिहान नेपाली काँग्रेस रुपन्देही तिलोत्तमाको भूपू सैनिकमा बृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology