रुपन्देही । देवदहमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा देवदहको ग्रीन प्लान्ट आवासिय माध्यमिक विद्यालयका आर्यन धमला प्रथम भएका छन् । रुपन्देही क्षेत्र नम्वर १, का ३४ वटा विद्यालय सहभागी रहेको प्रतियोगितामा प्रविन नेपाली द्धितिय भएका छन् भने जैविक पाठक तृतिय र दक्षिा केसी, ऋचा दुवे सान्त्वना भएका छन् ।
नेपाली काग्रेस रुपन्देहीले क्षेत्र नम्वर १ ले ४१ औ विपि स्मृति दिवसको अवसरमा आयोजित 'बहुआयामीक व्यक्तित्व विश्वेश्वरप्रसाद कोईराला' विषयमा शनिबार बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम हुनेले नगद ८ हजार, द्धितिय हुनेले नगद ६ हजार, तृतिय हुनेले नगद ५ हजार र सान्त्वना हुने दुईजनाले एक हजार ४ सय प्राप्त गरेका छन् ।
सो अवसरमा बोल्दै नेपाली कांग्रेसका उपमहामन्त्री बद्री पाण्डेले विपिले लिएको नीति व्यहारमा उर्तान सकेमात्र देशमा समाजवाद स्थापित हुनेमा जोड दिए। उनले विपिको सपना साकार पार्न सम्पूर्ण कार्यकर्ताहरु एकतावद्ध भएर पार्टीको विकासमा लाग्नु पर्ने बताए। अहिले देशमा संघीय लोकतान्त्रिक स्थापित हुनु विपिको योगदानले मात्र संभव भएको दावी गर्दै पाण्डेले समतामुलक समाज निर्माण गर्न नेपाली काग्रेस बलियो र एक ढिक्का भएर लाग्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेश सभा सदस्य अव्दुल रज्जाक, पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतले बोल्दै यस प्रकारका रचनात्मक कार्यक्रम विपि कोईरालाको योगदानको चर्चा गर्न र उनको बारेमा विद्यार्थीहरुलाई जानकारी दिन सहयोगी हुने बताए ।
कार्यक्रम पार्टीका क्षेत्रीय उपसभापति नवीनराज आर्चायको स्वागत र सचिव विजय गुरुङ्को संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology