देवदह । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लम्बिनी ई.बो. स्कुलमा क्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रबार जुनियर तहमा 'शिक्षाको महत्व' र सिनियर तहमा 'विद्यार्थी जीवनमा सामाजिक सञ्जालको प्रभाव' विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन भएको विद्यालयका सुचना अभिकारी देउमाया आलेले जानकारी दिइन् ।
विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा प्रत्येक सदनबाट २-२ जना विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा जुनियरतर्फ सयपत्री सदनका विकेश राना प्रथम भएका छन् । त्यसैगरी गोदावरी सहनका एरिक दर्लामी दोस्रो र सुनगाभा सदनका अन्जु ढुङ्गा तेस्रो भएका छन् । सोही प्रतियोगितामा सिनियरतर्फ लालीगुराँस सदन र गोदावरी सदनका मनिष थापा र खुसी घर्ति प्रथम भएका छन् । त्यसैगरी सयपत्री सदनका स्पर्श गाहा दोस्रो र सोही सदनकै निर्वाना थापा तेस्रो भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापाले जानकारी दिए ।
विद्यालयका सह-प्राचार्य विष्णु ब. सारूको अध्यक्षता र शिक्षक लक्ष्मी रेश्मी मगर रानाको सहजीकरण रहेको कार्यक्रममा शिक्षक प्रशान्त राना र फूलमाया थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology