Logo

२०८३, श्रावण ३१गते


images
images

न्यू लुम्बिनी स्कुलमा बुद्ध जयन्ती विशेष कार्यक्रम

न्यू लुम्बिनी स्कुलमा बुद्ध जयन्ती विशेष कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • न्यू लुम्बिनी स्कुलमा बुद्ध जयन्ती विशेष कार्यक्रम
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ मा अवस्थित न्यू लुम्बिनी ई.बो. स्कुलमा २५६८ औं बुद्ध जयन्ती विशेष कार्यक्रम गरिएको छ । विद्यालयले बुधबार माध्यामिक तहमा वक्तृत्वकला प्रतियोगिता, प्राथमिक तहमा निबन्ध लेखन प्रतियोगिता र पूर्व प्राथमिक तहमा कक्षागत चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । 

    images
    images
    images

    वक्तृत्वकला प्रतियोगितामा सयपत्री सदनको ज्योती पौडेल प्रथम, लालिगुरास सदनको रोशनी थापा द्धितिय  र सुनगाभा सदनका आयुष गुरुङ तृतीय भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    प्राथमिक तहमा सम्पन्न कक्षागत निबन्ध लेखन प्रतियोगितामा कक्षा एकबाट लियाना डम्बरपाल, कक्षा दुईबाट सक्षम श्रेष्ठ, कक्षा तीनबाट रोशनी भट्टराई, कक्षा चारबाट सन्देश सारु र कक्षा पाँचबाट गुञ्जन पाण्डे प्रथम भएका छन् । 

    images
    images
    images

    पूर्व प्राथमिक तहको कक्षागत चित्रकला प्रतियोगितामा कक्षा नर्सरीबाट रियान राना, कक्षा एल.के.जी. बाट प्रिन्सा पुन र कक्षा यू.के.जी बाट विज्ञान जंग सहमत प्रथम भएको जनाईएको छ । 

    कार्यक्रममा विद्यालयका सह-प्राचार्य विष्णु बहादुर सारु, अतिरिक्त क्रियाकलाप संयोजक रश्मी थापा, बाल क्लव संयोजक शिक्षक ओम नारायण थारु,   शिक्षक प्रसान्त राना र मिडिया इन्चार्ज देउमाया आले लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # न्यू लुम्बिनी स्कुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।