काठमाडौं , पछिल्लो २४ घण्टामा आठ हजार चार सय १८ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार तीन सय १५ जनाको पीसीआर विधिमार्फत र ९८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार चार सय १८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
यसैगरी संक्रमितको संख्या तीन लाख ८५ हजार ८ सय ९० पुगेको छ । गएको २४ घण्टामा कोरोनाको संक्रमणका कारण ५३ जनाको ज्यान गएसँगै अहिलेसम्म तीन हजार ६ सय ३२ जनाको ज्यान गएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा तीन हजार तीन सय ७० जनाले कोरोना भाइरसलाई जितेका मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology