Logo

२०८३, आश्विन २१गते


images
images

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

images
  • सेतोमसी सहकर्मी
  • मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित
    images
    images

    काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन् । अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट सुखद बिदाइ लिएका छन् ।

    images
    images
    images

    ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले तीन गोल गर्दै सहज जित हात पारेको हो ।

    images
    images
    images

    निकोलास ओटामेन्डीले ४८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि निको पासले ६१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए । खेलको ७१औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको जित ३–० ले पक्का गरेका थिए । यो गोलसँगै मेसीको करियर गोल संख्या ९३२ पुगेको छ । राष्ट्रिय टोलीका लागि मेसीले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६७ गोलमा असिस्ट पनि गरेका छन् ।

    images
    images
    images

    मेसीले अर्जेन्टिनालाई एक विश्वकप र दुई कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिका जित्दा मेसी अर्जेन्टिनाको टोलीका प्रमुख खेलाडी थिए ।

    बेनिनविरुद्धको खेलसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसीको लामो अन्तर्राष्ट्रिय यात्रा टुंगिएको छ । राष्ट्रिय टोलीका लागि अन्तिम खेलमै गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको भावुक अन्त्य गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लियोनल मेसी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।