Logo

२०८३, आश्विन २२गते


images
images

आज विश्व दृष्टि दिवस मनाइदै

आज विश्व दृष्टि दिवस मनाइदै

images
  • आज विश्व दृष्टि दिवस मनाइदै
    images
    images

    काठमाडौं । आज विश्व दृष्टि दिवस मनाइदैछ । 

    images
    images
    images

    विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न प्रत्येक वर्ष विश्व दृष्टि दिवस मनाउन नेतृत्वदायी भूमिका निभाउदै आएका छन् ।

    images
    images
    images

    नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो ।

    images
    images
    images

    विश्वभर करिब ३ करोड ६० हजार मानिसहरू दृष्टिविहीन छन् भने २ अरब ४६ करोड हाराहारी मानिसहरू कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट प्रभावित रहेको आँकडा रहेको छ  ।विश्वभर नै कूल दृष्टिविहीन जनसङ्ख्याको ९० प्रतिशत बढी जनसङ्ख्या न्यून आयस्रोत भएका र आर्थिक रूपमा विपन्न परिवारमा बस्ने गरेका छन् ।

    विश्वभरि दृष्टिविहीन जनसङ्ख्यामध्ये बालबालिकाको सङ्ख्या भने १ करोड ९० लाखको हाराहारीमा रहेको बताइएको छ । दृष्टि अनि त्यसको स्वस्थ र उपचार आजको विश्वका लागि ठुलै चुनौती भएको छ । यिनै विषयमा जनजागरण फैलाउन, नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले हरेक बर्ष दृष्टि दिवस मनाइने गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व दृष्टि दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।