Logo

२०८३, आश्विन ११गते


images
images

धुर्कोट गाउँपालिका पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा

धुर्कोट गाउँपालिका पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा

images
  • धुर्कोट गाउँपालिका पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा
    images
    images

    गुल्मी ।धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गरिएको छ ।

    images
    images
    images

     मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले वडालाई पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरेका हुन् ।

    images
    images
    images

     चालु आर्थिक बर्षमा पिपलधारामा सबै महिलाहरु स्वास्थ्य संस्थामै प्रसुती भएपछि वडालाई नै पूर्ण संस्थागत प्रसुती वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालले जानकारी दिए । यो आर्थिक बर्षमा पिपलधारामा कुल २३ महिलाहरु प्रसुती भएका थिए ।

    images
    images
    images

    जसमध्ये २० जना पिपलधारा स्वास्थ्य चौकी र तीन जना अन्य स्वास्थ्य संस्थामा प्रसुती भएका थिए । भने शिशु मृत्युदर शून्य रहेको छ । धुर्कोट गाउँपालिकामा यसभन्दा अगाडी नै वडा नम्बर ५ वस्तु र वडा नम्बर ६ धुर्कोट रजस्थल ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा भइसकेका छन् । पालिका अध्यक्ष पोखरेलले आगामी बर्षमा बाँकी चार वडा पनि ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गर्ने कार्यक्रम रहेको बताए ।

    शिशु जन्मिदा नै स्वास्थ्य हुनुपर्ने भएकोले सबैलाई स्वास्थ्य संस्थामै प्रसुती हुनुपर्छ भन्ने चेतना अभिवृद्धिको लागि पनि पालिकाले काम गरेको पोखरेलले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।