Logo

२०८३, श्रावण ३०गते


images
images

एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा अविराम विक र सचिवमा सरिता श्रीस चयन

एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा अविराम विक र सचिवमा सरिता श्रीस चयन

images
  • एकीकृत समाजवादी रुपन्देहीको अध्यक्षमा अविराम विक र सचिवमा सरिता श्रीस चयन
    images
    images

    बुटवल । नेकपा (एकिकृत समाजवादी) रुपन्देहीको अध्यक्षमा अविराम विक चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी वैठकले जिल्ला समितिले गरेको सिफारिशलाई अनुमोदन गर्दै विकलाई अध्यक्ष चयन गरेको हो ।

    images
    images
    images

    केन्द्रीय सदस्य तथा प्रदेश सचिव समेत रहेका जिल्ला अध्यक्ष राजु गुरुङले अध्यक्षको जिम्मेवारी छाडेपछि रुपन्देही जिल्ला कमिटीले विकलाई अध्यक्षमा चयनका लागि प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । गुरुङ प्रदेश कमिटिमा खटिनुपर्ने भएकाले अध्यक्षको भूमिकाबाट अलग भएका थिए ।

    images
    images
    images

    विक यसअघि जिल्ला सचिवका रुपमा थिए । यसैगरि उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन ।

    images
    images
    images

    उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ तथा सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन भएका छन् ।

     जिल्लाको सिफारिसलाई प्रदेश कमिटि बैठकले अनुमादन गरेको प्रदेश सचिव राजु गुरुङले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।