Logo

२०८३, श्रावण ३०गते


images
images

कृष्णनगरमा अक्सिजन सहितको १५ श्‍यैयाको आइसोलेसन वार्ड

कृष्णनगरमा अक्सिजन सहितको १५ श्‍यैयाको आइसोलेसन वार्ड

images
  • सेतोमसी सहकर्मी
  • कृष्णनगरमा अक्सिजन सहितको १५ श्‍यैयाको आइसोलेसन वार्ड
    images
    images

    प्रिन्स मिश्रा, कपिलवस्तु । कोरोना भाइरस संक्रमितको उपचारका लागि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । कृष्णनगर नगरपालिका ९ बहादुरगंजकाे राम गाेरखा माविमा तत्काल अक्सिजन सहित १५ बेडको आइसोलेशन तयार गरेको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो । 

    images
    images
    images

    अक्सिजन कन्सेन्ट्रेटर, सिलिन्डर सहित स्वास्थ्यकर्मी लगायतका व्यवस्थापन गरि यसै हप्ता थप १५ बेडको निर्माण गरि ३० बेड पुर्याउने कार्य तिब्र गतिमा भैरहेको नगरप्रमुख शाहले बताउनु भयो ।

    images
    images
    images

    नगरको नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि सिमानाकामा स्वास्थ जाँच केन्द्र स्थापना गरेको र नेपाल भित्रिने प्रत्येक नेपालीकाे पीसिआर टेस्ट र एन्टीजेन टेस्ट हुँदै आएकाे कृष्णनगर नगरपालिकाको उपप्रमुख सबनम खातुनले जानकारी दिनु भयो ।

    images
    images
    images

    नगरबासीको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर निर्माणलाई प्राथमिकता दिएको उप प्रमुख खातुनले बताउनु भयो ।
    कृष्णनगर क्षेत्रमा कोभिड संक्रमितको संख्या बढ्दै गरेको हुन्ले अक्सिजन र बेडको ब्यवस्थापन गर्ने योजनाका साथ नगरपालिका अघि बढी रहेको प्रमुख प्रशासकिय अधिकृत विजय कुमार कार्किले जानकारी दिनु भयो ।

    भारतसगं सिमाना सटेकोले संक्रमित बढेकोले सामुदायमा सचेतना मुलक कार्यक्रम सन्चालन गरेको अधिकृत कार्कीले बताउनु भयो ।

    कृष्णनगरमा ७५ जना कोभिड संक्रमित रहेका छन । सबैको अवस्था समान्य रहेको कृष्णनगर स्वास्थ शाखाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कपिलवस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।