Logo

२०८३, कार्तिक १गते


images
images

शिक्षा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

शिक्षा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

images
  • शिक्षा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
    images
    images

    काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा क्षेत्रको बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला सम्पन्न गरेको छ ।

    images
    images
    images

    विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले आयोजित कार्यशालामा बजेट कार्यान्वयन, शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास र नीतिगत समस्याबारे छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा क्षेत्रको सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका छन् । उनले विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्था र आवश्यकताका आधारमा विद्यालय पूर्वाधारमा बजेट विनियोजन गरिने जानकारी दिएका छन् ।

    images
    images
    images

    मन्त्रालयले पहुँचका आधारमा एउटै विद्यालयमा पटक–पटक भवन निर्माण हुने र आवश्यक ठाउँमा पूर्वाधार नपुग्ने समस्या रोक्न देशभर विद्यालय पूर्वाधारको मूल्याङ्कन सुरु गरेको छ। आगामी बजेटमा प्रदेशको हिस्सा बढाउने तथा प्राविधिक र व्यावसायिक शिक्षाको नेतृत्व प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गरी कानुनी प्रक्रिया अघि बढाइएको पनि जनाइएको छ ।

    कार्यशालामा समावेशी शिक्षा, बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच, शिक्षक तालिम र विद्यालयमा राजनीतिक हस्तक्षेप रोक्ने विषयमा समेत छलफल भएको थियो। सहभागी शिक्षा शाखा प्रमुखहरूले शिक्षा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।