Logo

२०८३, कार्तिक १गते


images
images

दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

images
  • दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार तथा छठ पर्वको अवसरमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमालाई अस्थायी रूपमा बढाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बडादसैँका अवसरमा २०८३ असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र तिहार तथा छठ पर्वका अवसरमा कात्तिक २१ गतेदेखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को व्यवस्था अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने प्रावधान थियो ।

    images
    images
    images

    राष्ट्र बैंकले पर्वका अवसरमा हुने कारोबारलाई सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ । उक्त अवधिमा भएका कारोबारको सङ्ख्या र कुल रकमबारे सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।