Logo

२०८३, कार्तिक १गते


images
images

कमला–कञ्चनपुर सडक आयोजनाको प्रगति ८१ प्रतिशत

कमला–कञ्चनपुर सडक आयोजनाको प्रगति ८१ प्रतिशत

images
  • कमला–कञ्चनपुर सडक आयोजनाको प्रगति ८१ प्रतिशत
    images
    images

    काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–कञ्चनपुर सडकखण्डको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ। निर्माणमा विभिन्न समस्या देखिएपछि ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको आयोजना पछिल्लो समय गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    सन् २०२० मा सुरु भएको आयोजनामा निर्माण कम्पनीको आन्तरिक समस्या, डिजाइनसम्बन्धी जटिलता, निर्माण सामग्रीको अभाव, विद्युत् पोलको अवरोध र स्थानीयका मागका कारण ढिलाइ भएको थियो ।

    images
    images
    images

    आयोजनालाई गति दिन मन्त्रालयको नेतृत्वमा दुई पटक स्थलगत निरीक्षण गरिएको थियो। स्थानीय जनप्रतिनिधि तथा नागरिकसँग छलफल गर्नुका साथै निर्माण कम्पनीले भोगेका समस्या समाधान गर्न सहजीकरण गरिएपछि काम अघि बढेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको ८७ किलोमिटर सडकखण्डमा अधिकांश स्थानमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । ग्रामीण क्षेत्रमा चार लेन तथा सहरी क्षेत्रमा चार लेनसहित ६ मिटरको सेवा सडक निर्माण गर्ने योजना रहेको छ ।

    यसैगरी, लहान र मिर्चैयामा ६६ मिटर लम्बाइका दुई ओभरपाससहित अन्य छ वटा साना ओभरपास निर्माण भइरहेको छ । लहानमा ओभरपास निर्माणका लागि ३२ घनमिटर ढुङ्गाको पाइलिङ गरी माटोको भारवहन क्षमता बढाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    लहानको ओभरपासबाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना पूरा भएपछि पूर्व–पश्चिम राजमार्गको उक्त खण्डमा आवागमन सहज हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।