देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले २०८३ सालको बडादसैँ, शुभदीपावली, छठ तथा नेपाल संवत्लगायतका पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
संस्थाका अध्यक्ष राजन अधिकारीले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले खानेपानी संस्थाले खानेपानी वितरणसँगै सरसफाइको क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले संस्थाले आफ्नो उद्देश्यअनुसार काम गर्नुपर्ने र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक गुमानसिंह कुँवर, खानेपानी महासंघकी केन्द्रीय सदस्य अनिशा पौडेल, सल्लाहकार विष्णुप्रसाद पौडेल, वडा अध्यक्ष मोहन जिसी, लेखा संयोजक कृष्ण न्यौपानेलगायतले शुभकामना व्यक्त गर्दै स्वच्छ खानेपानीका लागि विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बाबुराम न्यौपानेले गरेका थिए । उपाध्यक्ष रेनुका पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology