देवदह । रसुवा जिल्लाको भोटेकोशी नदीमा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढी तथा डुबानबाट भएको मानवीय र भौतिक क्षतिप्रति देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गहिरो दुःख व्यक्त गरेको छ ।
संस्थाले एक शोक वक्तव्य जारी गर्दै बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै बेपत्ता तथा सम्पर्कविहीन नागरिकहरूको शीघ्र खोजी तथा सकुशल यथासिघ्र उद्धारको माग गरेको छ ।
बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा विस्थापित र प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापनाको कामना गरेको छ ।
विपद्को समयमा उद्धार, खोज तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति संस्थाले उच्च सम्मान व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सबै पक्षलाई एकजुट भई सहयोग गर्नसमेत अपिल गरेको छ ।
संस्थाका अध्यक्ष राजन अधिकारीद्धारा हस्ताक्षरीत शोक वक्तव्यमा भनिएको छ, ‘ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून् ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology