Logo

२०८३, श्रावण ३०गते


images
images

सञ्चार क्षेत्र सरकार र जनताविचको पुल हो : मुख्यमन्त्री केसी

सञ्चार क्षेत्र सरकार र जनताविचको पुल हो : मुख्यमन्त्री केसी

images
  • सञ्चार क्षेत्र सरकार र जनताविचको पुल हो : मुख्यमन्त्री केसी
    images
    images

    बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सञ्चार क्षेत्र सरकार र जनताको बीचमा पुल भएको बताएका छन् । सञ्चार क्षेत्रलाई मयार्दित बनाउनु पर्नेमा जोड दिंदै उनले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन  र राज्यसंयन्त्रलाई खबरदारी गर्न मिडियाको महत्त्वपूर्ण भुमिका हुने बताए ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकारद्वारा पत्रकार सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सञ्चार माध्यम र सञ्चारकर्मीहरुले समाज परिवर्तनमा ठूलै योगदान गरेको स्मरण गरे । आगामी दिनमा पनि समाज परिवर्तनमा संचार क्षेत्रले योगदान गर्ने उनको विश्वास छ ।

    images
    images
    images

    प्रदेश सरकारले पत्रकारहरुलाई सम्मान गरी लोकप्रियता कमाउनु भन्दा पनि पत्रकारहरुले गरेको कामलाई सम्मान गरेको बताउँदै  उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारले जनताका लागि गरेका कामलाई सूचूचित गर्न अनुरोध गरे ।
      
    सो अवसरमा पत्रकारिता पुरस्कारबाट  विन्दु चौहान (मरणोपरान्त),  खिमानन्द भट्टराई, सन्जु पौडेल, दिलाराम भुसाल, प्रेम विक सम्मानित भएका छन् ।   

    images
    images
    images

    कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रमुख सचिव डिल्लीराम शर्मा, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय सचिव दिपक नेपाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष बसन्त गिरी लगायतको उपस्तिथि रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।