गुल्मी । रुरुक्षेत्र गाउँपालिकाभित्रका किसानहरुलाई मंगलबार कृषि उपकरण वितरण गरिएकाे छ ।
वार्षिक कार्यक्रम अनुसार रुरुक्षेत्र गाउँपालिका छ वटै वडाका किसानहरुलाई उनीहरुकाे माग बमोजिम विभिन्न प्रकारका कृषि क्षेत्रमा प्रयाेग हुने उपकरण हरु बितरण गरिएकाे पालिका आर्थिक समितिका सदस्य समेत रहेका वडा नं. १ का वडा सदस्य घनस्याम ज्ञवालीले जानकारी दिए ।
वितरण गरिएका कृषि उपकरणहरुमा खेतवारी जाेत्ने सानाे हाते ट्याक्टर, कुटानी पिसानी मेसीन, घाँस काट्ने मेसीन, झार काट्ने मेसीन, मकै छाेडाउने मसीनका साथै प्लास्टिक टनेल लगायतका सामाग्री छन् ।
पालिकाकाे पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएकाे र चालु आर्थिक वर्षको स्वीकृत बजेट अनुसार किसानकाे आधा र पालिकाे आधागरि तिसलाख बराबरकाे कृषि उपकरण वितरण गरिएकाे हाे ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका आर्थिक समितिका संयाेजक समेत रहेका वडा नं. २ का वडाध्यक्ष घनस्याम अर्याल, आर्थिक समितिका सदस्यहरु घनस्याम ज्ञवाली, बिष्णु राणा, थान प्रसाद श्रेष्ठ र राजकुमार श्रेष्ठ तथा कृषि शाखाका कर्मचारी पवित्रा गौतम लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology