Logo

२०८३, कार्तिक ११गते


images
images

डिपिएलमा शित्तलनगर र विर्ता विजयी

डिपिएलमा शित्तलनगर र विर्ता विजयी

images
  • डिपिएलमा शित्तलनगर र विर्ता विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल)मा शित्तलनगर विजयी भएको छ । मंगलबार सम्पन्न खेलमा भलुहीलाई ७४ रनले पराजित गर्दै शित्तलनगर विजयी भएको हो ।

    images
    images
    images

    टस जितेर ब्याटिङ रोजेको शित्तलनगरले १९ दशमलव ५ ओभर खेल्दै सबै विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो । १२२ रनको लक्ष्य पछ्याएको भलुही १३ दशमलव २ ओभरमा अल आउट हुँदै ४७ रनमा समेटियो ।

    images
    images
    images

    भलुही विरुद्धको खेलमा ४ विकेट लिदै म्यान अफ द म्याच शित्तलनगरका जितेन्द्र शाहानी घोषित भए ।

    images
    images
    images

    यस अघि भएको खेलमा भवानीपुरलाई २२ रनले पराजित गर्दै विर्ता विजयी भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको विर्ताले अल आउट हुँदै १२७ रनको योगफल तयार पारेको थियो ।

    १२८ रनको लक्ष्य पाएको भवानीपुरले सबै विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो । खेलको म्यान अफ द म्याच  ४९ बलमा ४४ रन बनाएका विर्ताका रमजान अलि घोषित भए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।