देवदह । स्वर्णिम सगरमाथा कलेज, देवदह–७, शितलनगरमा १० दिने मोबाइल युआई (युजर इन्टरफेस) डिजाइन, युएक्स (युजर एक्सपिरियन्स) डिजाइन कार्यशाला' आयोजना गरिएको छ । मंगलबार स्वर्णिम आइसिटी क्लबको आयोजनामा सुरु भएको कार्यशालामा १८ जना विद्यार्थीहरूको सहभागिता रहेको छ ।
विद्यार्थीहरूलाई मोबाइल एपको युजर इन्टरफेस डिजाइन, एक्सपिरियन्स रिसर्च तथा फिग्माको प्रयोग गरी प्रोटोटाइप निर्माणसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने मुख्य उद्देश्यले कार्यशाला आयोजना गरिएको कलेजले जनाएको छ ।
कार्यक्रम आइसिटी क्लबका अध्यक्ष सुशान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा, क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल प्रमुख अतिथि, साहायक क्याम्पस प्रमुख प्रदीप अधिकारी तथा विवियस संयोजक बिमल तिवारीको आतिथ्यतामा भएको थियो ।
कार्यशालाको मुख्य प्रशिक्षकका रूपमा दिपेश बिक्रम मल्ल रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology