देवदह । देवदहस्थित स्वर्णिम सगरमाथा कलेजको आयोजनामा बधाई तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
फाल्गुन २२ र २३ गते नेपालगन्जमा भएको
नेसनल प्याब्सनको सातौं महाधिवेशनबाट कलेजका प्राचार्य समेत रहेका सगरमाथा माविका प्रीन्सिपल कृष्णप्रसाद पौडेल केन्द्रिय सचिव र देवदह इंग्लिस बोर्डिङ स्कुलका प्रीन्सिपल विष्णुप्रसाद पौडेल नेसनल प्याब्सनको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा बधाई सहित होली मिलन कार्यक्रम आयोजना गरिएको हो । 
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले देवदहलाई शैक्षिक हबको रुपमा विकास गर्न यहाँका विद्यालयहरूले भुमिका खेल्नुपर्ने बताए । देवदहको शैक्षिक विकासमा निजि शिक्षण संस्थाले उल्लेख्य योगदान पुर्याएको बताउँदै नगरप्रमुख केसीले नेसनल प्याब्सनको केन्द्रिय समितिको महत्त्वपूर्ण पदमा देवदहका शैक्षिक व्यक्तित्व निर्वाचित हुनु देवदहको लागि गौरवको विषय भएको बताए ।
त्यसैगरी सगरमाथा माविका प्रीन्सिपल कृष्णप्रसाद पौडेल र विष्णुप्रसाद पौडेलले आफुहरूलाई नेसनल प्याब्सनको जिम्मेवार स्थानमा पुर्याउन देवदहका अभिभावक र शैक्षिक व्यक्तित्वको योगदान रहेको चर्चा गर्दै शिक्षाक्षेत्रमा काम गर्न थप उत्प्रेरणा मिलेको बताएका थिए । 
कलेजका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदीप ज्ञवालीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology