नविन लुइँटेल, देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित स्वर्णिम सगरमाथा कलेजले विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार खैरेनीस्थित "पाठक फुड ल्यान्ड एन्ड इभेन्ट भेनियु" मा एक औपचारिक कार्यक्रममा आयोजना गरि क्याम्पसका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १२ काे परीक्षा तयारी गरेका विद्यार्थीलाई खादा र मायाको चिनाे प्रदान गरी विदाइ गरेका हुन् ।
करिब ३०० जना विद्यार्थी सहभागी कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले आ-आफ्ना नृत्यहरू प्रस्तुत गरेका थिए। त्यसैगरी उक्त कार्यक्रममा प्रथम त्रैमासिक परिक्षा, दोश्रो त्रैमासिक परिक्षा, तेश्रो त्रैमासिक परिक्षा र नयाँ शैक्षिक सत्र सुरु भएपछि अहिलेसम्म भएको अतिरिक्त कार्यक्रममा प्रथम, दोश्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाइ मेडल, प्रमाण पत्रले सम्मान गरिएको थियो। ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले सगरमाथा कलेज बहुप्रतिभाको कलेज रहेको उल्लेख गर्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस क्षेत्र कै नमुना कलेज भएको र अहिले "आइएसओ" को लोगो समेत प्राप्त गर्न सफल भएको र आगामी दिनहरुमा विद्यार्थीहरुले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुने बताए ।
सोही क्रममा बोल्दै कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले विगत केही बर्षदेखि सगरमाथा माविले राष्ट्रिय स्तरमा उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको चर्चा गर्दै यसको गरिमालाई जाेगाउन आफुहरू निरन्तर लागेको र विद्यार्थीहरुलाइ किताबको अध्ययन मात्र नभएर व्यवहारिक अध्ययन हुन पनि आवश्यक रहेको बताए । कक्षा १२ काे परीक्षामा सम्मिलित विद्यार्थी उत्कृष्ट नतिजा ल्याउने उनको भनाई छ।
कार्यक्रममा कलेज संचालक समिति सदस्य डिल्लीराज मरासिनी, हिरा बहादुर खत्री, सहायक प्राचार्य प्रदिप अधिकारी, न्यु लुम्बिनी ईंग्लिश बोर्डिङका प्राचार्य विनोद थापा मगर, देवदह ईंग्लिश बोर्डिङका प्राचार्य बिष्णु प्रसाद पौडेल, कक्षा ११ कि विद्यार्थी जानुका चापागाईं र स्नेहा खरेल लगायतले बोलेका थिए ।
कार्यक्रम कक्षा ११ कि विद्यार्थी मनिषा भण्डारीको अध्यक्षता तथा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरु जय भण्डारी, सन्ध्या थापा र शिक्षक दामोदर सापकोटाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology